२० बैशाख २०८१, बिहिबार

लुकासको ह्याट्रिक, टोटेनह्याम फाइनलमा प्रवेश


फुटबल

आम्स्टरड्याम, २६ बैशाख । बेलायती फुटबल क्लब टोटेनह्याम हट्सपर युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । इतिहासमा पहिलो पटक फाइनलमा पुगेको टोटेनह्यामलाई फाइनलमा पु¥याउन लुकास मौराले डच टीम आयाक्स विरुद्ध ह्याट्रिक गरेका थिए ।

सेमिफाइनलको पहिलो लेगमा एक गोलको अग्रता बनाएको आयाक्सले दोस्रो लेगमा पनि शुरुमै दुई गोल गरेर समग्र अग्रता ३–० बनाएको थियो । विजयको नजिक पुगेर फाइनलमा स्थान बनाउनेमा लगभग ढुक्क भइसकेको आयाक्समाथि लुकास तगारो बनेर देखा परेका थिए ।

जोहान क्रुफ एरेनामा खेलिएको सेमिफाइनलको अतिरिक्त समयको पनि अन्तिममा लुकासले विजयी गोल गरेका थिए ।

आयाक्सका तर्फबाट माथिस डी लिग्ट र हकिम जियेचले मध्यान्तर अघि एकएक गोल गरेका थिए ।
अब आगामी जुन १ तारिखमा स्पेनको म्याड्रिडमा टोटेनह्याम र लिभरपुलबीच फाइनल खेल हुनेछ । लिभरपुलले मङ्गलबार राति खेलिएको निकै प्रतिस्पर्धात्मक खेलमा लियोनेल मेस्सीको बार्सिलोना क्लबलाई ४ गोलले पराजित गरी फाइनलमा प्रवेश गरिसकेको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !