२५ बैशाख २०८१, मंगलबार

आइएसले ‘कडा कारबाही’ को सामना गर्नुपर्ने अमेरिकी चेतावनी


Jim Mattis

१७ असोज, पेरिस । स्लामिक स्टेट (आइएस) जिहादी समूहले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको सिरियामा हुने कारबाहीमा कडा सङ्घर्ष गर्नुपर्ने अमेरिकी रक्षामन्त्री जिम म्याटिसले मङ्गलबार बताउनुभएको छ ।

चारबर्ष पहिले अतिवादी जिहादी समूहद्वारा इराक र सिरियामा भएका आधारक्षेत्रबाट झण्डै झण्डै उनीहरू विस्थापित बनिसकेको तर उनीहरूलाई पूर्णरूपमा पराजित गर्न ‘अझै केही समय लाग्ने’ रक्षामन्त्री म्याटिसले बताउनुभयो ।

यसबारे कुनै गल्ती नगर्नुस्, आइएसआइएस समूहहरू एक आपसमा विवादित बनेर पनि ध्वस्त भइरहेका छन्, उहाँले भन्नुभयो ।

गठबन्धनले बाँकी कामलाई फत्ते गर्नेछ । अब उनीहरूको झण्डै दुई प्रतिशत भूभागमा मात्रै नियन्त्रण रहेको छ ।
उहाँले थप्नुभयो, “त्यसैले उक्त क्षेत्रलाई नियन्त्रणमा लिन अहिलेसम्मकै अझ कडा कारबाही हुनेछ । यसमा कोही भ्रममा नरहन मैले विश्वस्त पार्न चाहन्छु ।”

गत महिना फ्रान्सको सैन्य प्रमुखले आइएसलाई आगामी जनवरीसम्म पूर्णतया परास्त गर्ने बताउनुभएको थियो । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !