२६ बैशाख २०८१, बुधबार

क्युबासँगको सम्बन्ध विस्तार गर्दै फ्रान्स


Cuba_France

१४ साउन, हवाना । फ्रान्सका विदेशमन्त्री जाँ–येभ्स ड्रायनले यसै सप्ताहान्तमा क्युबाको भ्रमण गर्नुभएको छ । यस भ्रमणलाई क्यारेबियन राष्ट्र क्युबासँगको सम्बन्ध विकासका लागि फ्रान्सले पहलको रुपमा लिइएको छ ।

विदेशमन्त्री ड्रायन गत शनिबार क्युबाको राजधानी हवाना आइपुग्नुभएको थियो । उहाँले क्युबाका राष्ट्रपति मिगेल डायज–कनेलसँग औपचारिक भेटवार्ता गर्नुभएको थियो ।

क्युबामा गत अप्रिलमा भएको राष्ट्रपतीय निर्वाचनपछि युरोपेली मुलुकबाट पहिलो भ्रमणमा फ्रान्सेली विदेशमन्त्री क्युबा जानुभएको हो ।

क्युबाको सरकारी टेलिभिजन एनटिभीको एक कार्यक्रममा फ्रान्सेली विदेशमन्त्री ड्रायन र क्युबाली राष्ट्रपति कनेलबीच सौहार्दपूर्ण रुपमा वार्ता भएको जनाइएको छ ।

उहाँहरुले सो भेटवार्ताका क्रममा दुई देशको सम्बन्ध विस्तार र विकासका साथै आगामी दिनमा पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिने विषयमा कुराकानी गर्नुभएको सो टिभीले जनाएको छ ।

फ्रान्सेली कम्पनीहरुले क्युबाको उर्जा, यातायात र निर्माणका क्षेत्रमा पछिल्लो समयमा लगानी बढाएका छन् । सो विषयमा उक्त भेटवार्तामा कुराकानी भएको र दुवै पक्षले यस कार्यको प्रशंसा गरेको पनि समाचारमा जनाइएको छ । (रासस/एपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !