२५ बैशाख २०८१, मंगलबार

विश्वकपमा आज दुई समूहका चार खेल


2018-Russia-World-Cup

११ असार, काठमाडौं । विश्वकपमा सोमबार तेस्रो चरणका खेल सुरु हुँदैछ । तेस्रो चरणअन्तर्गतको पहिलो दिन चार खेल हुनेछन् । पहिलो खेलमा उरुग्वेले आयोजक रुसको सामना गर्नेछ ।

समूह एमा रहेका यी दुई टिम यस अघि नै अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । आयोजक रसियाले समूह चरणको पहिलो खेलमा साउदी अरबलाई ५–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा इजिप्टलाई ३–१ गोलले हराएको थियो ।

त्यस्तै समूह  उरुग्वेले आफ्नो पहिलो खेलमा इजिप्टलाई १–० ले पराजित गर्दा दोस्रो खेलमा साउदीलाई पनि १–० ले नै पराजित गरेको थियो । त्यस्तै आजै हुने अर्को खेलमा साउदी अरबले इजिप्टको सामना गर्नेछन्। यी दुई टिम समूह ए बाट बाहिरिएका छन् । दुवै टिमले आफ्ना दुवै खेल गुमाए । यो खेल प्रतिष्ठाका लागि मात्र हुने छ ।

त्यस्तै समूह बी अन्तर्गतका खेलहरु पनि सोमबार नै हुनेछन् । सोमबार हुने खेलमा पोर्चुगलले मोरक्कोको सामना गर्दा स्पेनले इरानसँग खेल्ने छ । इरान १ खेलमा विजयी हुँदै तीन अंकका साथ समूह चरणको तेस्रो स्थानमा रहेको छ भने स्पेन पोर्चुगलको भने समान चार अंक रहेको छ । यी दुई टोलीले आफ्नो पहिलो भेटमा समान ३\३ गोलको बराबरी खेलेका थिए । मोरक्कोले भने दुवै खेल गुमाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !