१४ बैशाख २०८१, शुक्रबार

भारतको ओडिशामा रेल दुर्घटना : ५० जनाको मृत्यु, १७९ जना घाइते


भारतको ओडिशामा रेल दुर्घटना

ओडिशा । भारतको ओडिशामा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ भने १७९ जना घाइते भएको भारतीय पत्रिका हिन्दुस्थान टाइम्सले जनाएको छ ।

शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेसको रेल बालासोर स्टेशन नजिकै मालबाहक अर्को रेलसँग ठोक्किएको हो । प्रारम्भिक रिपोर्टहरूका अनुसार, एक्सप्रेस ट्रेनका कम्तिमा चार डिब्बाहरू स्टेशनमा उभिएको मालगाडीमा ठोक्किएपछि बहानागा स्टेशनमा पटरीबाट खसेका छन् ।

कोलकाता नजिकैको शालिमार स्टेशनबाट ट्रेन चेन्नई सेन्ट्रल स्टेसन जाँदै गर्दा बाहनागा बजार स्टेशन नजिकै साँझ ७.२० बजे दुर्घटना भएको हो । उद्धार कार्यका लागि झण्डै ५० एम्बुलेन्स र ठूलो संख्यामा ठूला बसहरू घटनास्थलमा पुगेका छन् ।

केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव ओडिशाको बालासोरमा दुर्घटनास्थलमा पुगेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा लेख्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् भने शोकसन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गरेका छन् ।

उनले भुवनेश्वर र कोलकाताबाट उद्धार टोली परिचालन गरिनुका साथै प्रदेश सरकारको टोली र वायुसेना पनि परिचालन गरिएको बताएका छन् । उनले उद्धार कार्यका लागि आवश्यक सबै संयन्त्र परिचालन गरिएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु