१५ बैशाख २०८१, शनिबार

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन


एलिजाबेथ द्वितीय

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो ।

बकिङ्घम प्यालेसले महारानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । उनले बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी थिइन् ।

उनी स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा रहेकी थिइन् । चिकित्सकहरूले उनको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उनलाई अस्पतालमा राखिएको बकिङ्घम प्यालेसले बिहीबार जनाएको थियो ।

एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४ औं पछि दोस्रो स्थानमा पर्छिन् ।

बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् । एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका छन् । अब उनका छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !