२० बैशाख २०८१, बिहिबार

पुटिनको शपथअघि रुसी विपक्षी नेता पक्राउ


bhladimir putin

एजेन्सी, २३ वैशाख । राष्ट्रपतिका रूपमा चौथौ पटक शपथ लिन लागेका भ्लादिमिर पुटिनको शपथअघि सडक प्रदर्शनमा उत्रिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीसहित सयौं क्रेमलिन विरोधी अभियन्तालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पुटिनको शपथको पूर्वसन्ध्यामा रुसका विपक्षी नेता नाभाल्नीले सर्वसाधारण नागरिकलाई देशभरका ९० भन्दाबढी सहरमा प्रदर्शनमा उत्रिन आह्वान गरेका थिए ।

नाभाल्नीले पुटिनलाई जार शासकजस्तै तानाशाहको संज्ञा दिँदै उनीविरुद्धको प्रदर्शनमा आउन सर्वसाधारणलाई आह्वान गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यसै वर्षको मार्च महिनामा भएको निर्वाचनमा पुटिनले ऐतिहासिक जित हासिल गरेका थिए। जितसँगै पुटिनले फेरि अर्को ६ वर्ष अर्थात् सन् २०२४ सम्म रुसको शक्तिमा आफ्नो पकड जमाएका थिए । जितसँगै रुसमा ३० वर्ष शासन गरेका जोसेफ स्टालिनपछि देशको शासनमा लामो समय रहिरहने व्यक्ति पुटिन बनेका छन् ।

६५ वर्षीय पुटिन सन् २००० देखि कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्रीका रूपमा रुसको शक्तिमा रहिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !