२४ बैशाख २०८१, सोमबार

च्याम्पियन्स लिग : आज रोमा र लिभरपुलबीच प्रतिस्पर्धा हुँदै


Champions League

एजेन्सी, १९ वैशाख । च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको, दोस्रो लेगमा बुधबार राति रोमा र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ ।

रोमाको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राती साढे १२ बजे सुरु हुनेछ । घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ५ – २ गोलले विजयी भएको थियो । रोमाले फाइनल पुग्न कम्तीमा पनि तीन गोल गर्नु पर्नेछ ।

पहिलो लेगमा प्रभावशाली जीत हात पार्दा लिभरपुलका लागि मोशम्मद सलाह र फिरमिनोले दुइ दुइ गोल गरेका थिए । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्नो टोली रोममा, सपनाको सिर्जना गर्न आएको प्रतिकृया दिएका छन् ।

लिभरपुल एघार वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुग्ने लक्ष्यमा रहेको छ ।

क्वाटरफाइनलको पहिलो लेगमा चार एकले पछि परे पनि दोस्रो खेलमा खेलमा फर्कदै बार्सीलोनालाई हराएको रोमाले आज पनि त्यस्तै चमत्कारीक प्रदर्शनको अपेक्षा गरेको बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !