२४ बैशाख २०८१, सोमबार

च्याम्पियन्स लिग : रोमामाथि लिभरपुलको शानदार जित


liverpool football team

एजेन्सी, १२ वैशाख । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा इंलिस क्लव लिभरपुलले इटालियन क्लब रोमामाथि शानदार जित निकालेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले रोमालाई ५–२ ले हराएको हो । लिभरपुलका लागि उत्कृष्ट लयमा रहेका मोहम्मद सलाह र फिरमिनोले २/२ गोल गरे भने मेनले १ गोल गरे । रोमाका लागि जेको र पेरोट्टीले १/१ गोल गरेपनि त्यो जितको लागि पर्याप्त भएन ।

रोमाले बार्सिलोनालाई र लिभरपुलले म्यान्चेष्टर सिटिलाइ हराएर अन्तिम ४ मा पुगेका थिए । यि दुईबीचको दोस्रो लेग आउँदो २० गते हुनेछ । लिगको दोस्रो सेमिफाइलनमा आज राति गएको वर्षको च्याम्पियन रियल मड्रिड र वार्यन म्युनिखबीच खेल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !