२२ बैशाख २०८१, शनिबार

सांसदले भीडमा गाडी कुदाएपछि २२ जना घाइते


दुर्घटना

एजेन्सी । भारतीय ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले बाणपुर भन्ने ठाउँमा एक स्थानीय चुनावका लागि जम्मा भएका मानिसमाथि गाडी कुदाउँदा सात प्रहरीसहित २२ जना घाइते भएका छन् ।

बिबिसी हिन्दीका अनुसार शनिबार भएको घटनामा २२ जना घाइते भएका छन् । त्यहाँ उपस्थित प्रहरीले उनलाई गाडी रोक्न भनेका थिए तर उनले जबरजस्ती गाडी भीडमा चलाएपछि रोक्न खोज्ने प्रहरी पनि घाइते भएका हुन् ।

आक्रोशित भीडले जगदेवलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । उनको अहिले भुवनेश्वर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !