४ जेष्ठ २०८१, शुक्रबार

रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी


एजेन्सी, ३ वैशाख ।  अमेरिकाले सिरियासँग सम्बन्ध राख्ने सबै रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । प्रतिबन्धका बारेमा थप जानकारी सोमबार दिइने अमेरिकाले जनाएको छ ।

राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले सिरियामा रसायनिक हतियार प्रयोग हुन नदिन अमेरिका प्रतिबद्ध रहेको समेत बताएको बीबीसीले जनाएको छ । सिरियामा रहेका अमेरिकी सेनालाई ६ महिनाभित्र फर्काउने खबरको खण्डन गर्दै यस्तो कुनै योजना नभएको उनको भनाई छ ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सिरियामाथि पश्चिमी देशले थप क्षेप्यास्त्र प्रहार गरे अन्तर्राष्ट्रियस्तरमा अस्तव्यस्तता निम्त्याउने चेतावनी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !