२० बैशाख २०८१, बिहिबार

भारतका रक्षामन्त्री सिंहलाई कोरोना सङ्क्रमण पुष्टि


राजनाथ सिंह

एजेन्सी । भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रक्षामन्त्री सिंहले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

रक्षामन्त्री सिंहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई हल्का लक्षणसहित कोरोना सङ्क्रमण पुष्टि भएको छ । म घरमै क्वारेन्टिनमा रहेछु । मेरो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गर्न आग्रह गर्दछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !