१२ बैशाख २०८१, बुधबार

भारतको तमिलनाडुमा हेलिकप्टर दुर्घटना हुँदा सेना प्रमुख रावतको मृत्यु


बिपिन रावत

चेन्नई । भारतको तमिलनाडु कुनुरमा हेलिकप्टर दुर्घटना हुँदा सेना प्रमुख बिपिन रावतको मृत्यु भएको छ । आज बुधबार दुर्घटनाग्रस्त भएको एमआई-१७ भीएच हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) रावत, उनकी श्रीमती, उनका कर्मचारी र केही परिवारका सदस्यहरुसहित १४ जना सवार रहेका थिए ।

तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । दुर्घटना हुँदा हेलिकोप्टरमा रहेका सवै १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले आफ्नो आधिकारिक सामाजिक संजाल ट्वीटर हयाण्डलमार्फत पुष्टि गरेको हो । हेलिकोप्टर दुर्घटना हुँदा गम्भीर अवस्थामा रहेका सेना प्रमुख रावतलाई पनि अस्पताल लगिएको थियो ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा सेना प्रमुख रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डर, लेफ्टिनेन्ट कर्नेल हार्जिन्दर सिंह, पीएसोहरू एनके गुर्सेवक सिंह, एनके जितेन्द्र कुमार, एल/एनके विवेक कुमार, एल/एनके बी साइ तेजा र हाव सत्पाल सवार रहेका थिए ।

सुलुरस्थित आर्मी बेसबाट स्थानीय समयअनुसार ११ बजेर ५० मिनेटमा हेलिकप्टर उडेको टाइम्स अफ इन्डियाले बताएको छ । तमिलनाडुको निलिगिरिस जिल्लाको कुनुर भन्ने ठाउँमा पर्ने जङ्गलमा बुधबार स्थानीय समयअनुसार दिउँसो १२ बजे दुर्घटना भएको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार खराब मौसमका कारण भिजिभिलिटी कम भएकोले हेलिकप्टर दुर्घटना भएको हुनसक्ने बताएका छन् । भारतीय वायु सेनाले सो दुर्घटनाबारे छानबिन गर्न निर्देशन दिइसकेको छ ।

उक्त हेलिकप्टर दुर्घटनाको बारेमा आधिकारिक जानकारी भारतीय रक्षामन्त्री राजनाथ सिंहले भोलि बयान दिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । रक्षामन्त्री सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर दुर्घटनाको जानकारी गराएर रावतको घरमा समेत पुगेका थिए ।

हेलिकप्टर सुलुरबाट वेलिङ्टनस्थित डिफेन्स सर्भिस स्टाफ कलेजमा जाँदै थियो । दुर्घटना भएको ठाउँ वेलिङ्टनबाट १० किलोमिटर दुरीमा रहेको जनाइएको छ।

रावत भारतीय वायु सेना अर्थात इन्डियन एयर फोर्स-आईएएफको हेलिकप्टरमा सवार थिए । उक्त हेलिकप्टर दुर्घटनाप्रति भारतीय रक्षामन्त्री राजनाथ सिंहले गहिरो दुःख प्रकट गरेका छन् ।

यो पनि पढ्नुहोस्

भारतीय सेना प्रमुख चढेको दुर्घटनाग्रस्त हेलिकप्टरमा को-को थिए ?

भारतको तमिलनाडुमा हेलिकप्टर दुर्घटना (अपडेट) : १३ जनाको मृत्यु

भारतको तमिलनाडुमा सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु, घाइते सेना प्रमुखलाई अस्पताल लगियो

भारतको तमिलनाडुमा सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !