भारतको तमिलनाडुमा सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु Nepalpatra भारतको तमिलनाडुमा सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु
१३ माघ २०७८, बिहिबार

भारतको तमिलनाडुमा सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु


भारतको तमिलनाडुमा सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

चेन्नई । भारतको तमिलनाडुमा सेना प्रमुख बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । आज बुधबार दुर्घटनाग्रस्त भएको हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) रावत, उनकी श्रीमती, उनका कर्मचारी र केही परिवारका सदस्यहरुसहित १४ जना सवार रहेको बताइएको छ ।

तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु भएका ११ जनाको मृत्यु भएको छ भने ३ जना घाइतेलाई अस्पताल लगिएको इण्डिया टुडेले बताएको छ । हेलिकोप्टर दुर्घटना हुँदा गम्भीर अवस्थामा रहेका सेना प्रमुख रावतलाई पनि अस्पताल लगिएको छ ।

खोजी र उद्धार कार्य सुरु गरिएको स्रोतले जनाएको छ । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन ।

यो पनि पढ्नुहोस्

भारतमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु, घाइते सेना प्रमुखलाई अस्पताल लगियो

भारतको तमिलनाडुमा सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !