१९ बैशाख २०८१, बुधबार

भारतको तमिलनाडुमा सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना


भारतको तमिलनाडुमा सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

चेन्नई । भारतको तमिलनाडुमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना भएको छ । आज बुधबार दुर्घटनाग्रस्त भएको हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु सवार रहेका थिए ।

तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । खोजी र उद्धार कार्य सुरु गरिएको स्रोतले जनाएको छ । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन । थप विवरणहरु प्राप्त नभएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !