२५ बैशाख २०८१, मंगलबार

आज पिएसजी र रियल मड्रिड खेल्ने


Real Madrid Vs PSG

एजेन्सी, २२ फागुन । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा मंगलबार राती पेरिस सेन्ट जर्मेन पिएसजी र रियल मड्रिड तथा लिभरपुल र पोर्टोबीच प्रतिस्पर्धा हुँदैछ ।

साबिक बिजेता रियाल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको पहिलो लेगमा तीन एकको अग्रता लिएको थियो । जसका कारण घरेलु टोली पिएसजीका लागि मंगलबारको खेल त्यती सहज हुने छैन् । पिएसजी स्टार स्ट्राइकर नेइमार बिनानै मैदानमा उत्रदैछ ।

नेइमार खुट्टाको शल्यकृया गर्दै तीन महिना मैदान बाहिर रहेका छन । पिएसजीका डेनी आलाभेसले भने नेइमार विनापनि रियललाइ पराजित गर्न पिएसजी सक्षम रहेको प्रतिृकया दिएका छन ।
प्रि म्याच कन्फरेन्समा बोल्दै आलाभेसले भने , नेइमार हुदा टिम निकै वलियो हुन्छ तर नेइमार बिनापनि पिएसजी वलियो नै छ किनकी हामी सँग अन्य खेलाडी पनि छन । पिएसजीले यो सिजन घरेलु मैदानमा खेलेका कुनैपनि खेलमा हार बेहोरेको छैन । तर च्याम्पियन्स लिगका पछिल्ला तीन खेलमा भने पिएसजी रियल सँग जीत बिहिन छ । पिएसजीका प्रशिक्षक उनाइ इमेरीले रियल विरुद्धको खेललाइ गमे अफ द इयरको संज्ञा दिएका छन ।
यस्तै रियलका प्रशिक्षक जिनेदिन जिदानले फ्रेन्च क्लब पिएसजी सँगको खेल निकै कठिन र चुनौती पूर्ण हुने बताएका छन ।
खेल नेपाली समय अनुसार राती साढे एक बजे हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !