१४ बैशाख २०८१, शुक्रबार

माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डाद्वारा सम्बन्ध विच्छेदको घोषणा


बिल गेट्स र उनकी श्रीमती मेलिन्डाद्वारा सम्बन्ध विच्छेदको घोषणा

एजेन्सी । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । विश्वका तेस्रा धनाढ्य व्यक्ति बिल गेट्सले सामाजिक संजाल ट्वीटरमा लेख्दै सोको घोषणा गरेका हुन् ।

२७ वर्ष साथमा रहेपछि अब उनीहरुले वैवाहिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । आफूहरू सँगै बस्न नसक्ने अवस्था आएको भन्दै उनीहरूले सम्बन्ध विच्छेद गरी अलग हुने निर्णयमा पुगेको जानकारी संयुक्त रूपमा सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

सम्बन्ध विच्छेदको घोषणा गर्दै उनीहरुले भनेका छन्, ‘हामी दम्पतीका रुपमा अब हामीसँगै विकसित हुन सक्ने छौँ भन्ने विश्वास छैन ।’ दम्पतीले ट्वीटरमा लेखेका छन्, ‘राम्रो सोच विचार तथा सम्बन्ध सुधारका लागि धेरै काम गरेपछि हामी वैवाहिक सम्बन्ध अन्त्यको निर्णयमा पुगेका छौँ ।’

उनीहरुका तीन सन्तान छन् । दुवै मिलेर चलाउँदै आएको बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन सम्बन्ध विच्छेद गरेपछि पनि दुवै मिलेर काम गर्ने उनीहरुले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु