८ जेष्ठ २०८१, मंगलबार

अमेरिकी राष्ट्रपतिको विमानमा अढाई अर्बको रेफ्रिजेरेटर


trump

एजेन्सी, १४ माघ । अमेरिकी राष्ट्रपति चढ्ने एयर फोर्स वन विमानमा रहेका दुईवटा रेफ्रिजेरेटर फेर्नुपर्ने भएका छन् । र, यसका लागि ट्रम्प प्रशासनले विमान र त्यसका पाटपूर्जा बनाउने कम्पनी बोइंगसँग २ करोड ४० लाख डलर अर्थात् झण्डै अढाई अर्ब रुपैयाँ बराबरको सम्झौता गरेको छ ।

बोइङले सन् १९९० मा पहिलोपटक राष्ट्रपतिको प्रयोगका लागि एयर फोर्स वान विमान बनाएको थियो । ती विमानमा सुरुमै राखिएका रेफ्रिजेरेटर अहिलेसम्म फेरिएको छैन । यस विमानमा रहेका पाँचवटा रेफ्रिजेरेटरमा गरी करीब ३ हजार प्लेट खानेकुरा राख्न सकिन्छ । गत डिसेम्बर महिनामा अमेरिकी वायुसेनाले ती पाँचमध्ये दुईवटा रेफ्रिजेरेटरमा खराबी आएपछि त्यसलाई बदल्नका लागि बोइंगको साथमा सम्झौता गरेको थियो ।

राष्ट्रपति पद सम्हालेसँगै ट्रम्पले एयरफोर्स वनको मूल्यमा प्रश्न उठाउँदै वायुसेनालाई बोइंगसँग गरिएको करार रद्द गर्न भनेका थिए । त्यसपछि वायुसेनाका प्रवक्ताले विमानमा रहेका उपकरणले ठीक ढंगले काम नगरेको भन्दै बिग्रिएका सामान बदल्नु आवश्यक रहेको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !