११ जेष्ठ २०८१, शुक्रबार

जापानमा संकटकाल १ महिना थप्ने तयारी


जापानका नेपाली व्यवसायी

टोकियो । जापानमा लागू गरिएको संकटकाल फेरी एक महिना लम्ब्याउने तयारी भएको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो । महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरी लम्ब्याउनु परेको अधिकारीहरूले जनाएका छन् ।

राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म संकटकाल लम्ब्याउने तयारी भएको उनीहरूको भनाइ छ । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले यही जनवरी ७ तारिखमा कोरोना संकटकाल घोषणा गर्नुभएको थियो ।

संकटकालको अवधि लम्ब्याउने अन्तिम घोषणा गर्नु अघि प्रधानमन्त्री सुगाले सरोकारवाला तथा विज्ञहरूसँग छलफल गर्नु हुने भएको छ । उहाँले मंगलबार उनीहरूसँग छलफल गरेर मात्रै संकटकालको अवधि लम्व्याउने निर्णय गर्नुहुने अधिकारीहरूले जनाएका छन् ।

अहिले लागू गरिएको संकटलकाल आगामी फेब्रुअरी ७ तारिखमा सकिन लागेकाले प्रधानमन्त्री सुगाले संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्ने निर्णय गर्नु पर्ने भएको हो ।

जापानमा सोमबार मात्रै थप एक हजार ७९२ जना कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या तीन लाख ९२ हजार ४७५ पुगेको छ । त्यसैगरी जापानमा कोरोनाका कारण अहिलेसम्म पाँच हजार ८४६ जनाको मृत्यु भएको सोमबार बेलुकासम्मको तथ्याङ्क छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !