१४ बैशाख २०८१, शुक्रबार

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश, अव के होला ?


डोनाल्ड ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा डेमोक्रेटिक पार्टीले अविश्वास प्रस्ताव पेश गरिएको छ । ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्दै सो पार्टीले राष्ट्रपति ट्रम्पलाई तुरुन्त हटाउन माग गरेको छ ।

डेमोक्रेटिक पार्टीका सांसदहरुले गत हप्ता जनवरी ७ तारिकमा संसदमा भएको दङ्गामा आफ्ना समर्थकहरुलाई उक्साएको आरोप लगाएका छन् । उक्त दिन संसद भवनमा ट्रम्पका समर्थकहरुले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको थियो ।

अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले आइतबार ट्रम्पलाई महाअभियोगको प्रस्ताव ल्याउन अनुमति दिएकी थिइन् । सभामुख पेलोसीले उपराष्ट्रपति माइक पेन्सले संविधानको २५ औं संशोधन अन्तर्गत ट्रम्पलाई हटाउन सक्ने बताउँदै आएकी छिन् ।

डेमोक्रेट्सलाई लेखिएको पत्रमा सभामुख पेलोसीले यदि उपराष्ट्रपति पेन्सले कुनै कार्बाही गरेनन् भने महाअभियोगको पक्ष विपक्षमा मतदान हुने बताएकी थिइन् । ट्रम्प एकै कार्यकालमा दुई पटक महाअभियोग खेप्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार महाअभियोग प्रस्तावमा ट्रम्पको लगातारको चुनाव जितेको दाबी र गत जनवरी ६ को भिडमा गरेको भाषणको सन्दर्भ उल्लेख छ । यो प्रस्तावमाथि यही साताको अन्त्यतिर मतदान हुने बताइएको छ ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्न ९ बाँकी रहंदा ट्रम्पमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको हो । राष्ट्रपति ट्रम्पको समयावधि यही हप्ताको अन्त्यमा सकिँदैछ । नवनिर्वाचि राष्ट्रपति जो बाइडेनले जनवरी २० तारिकमा राष्ट्रपति पदका लागि सपथ लिदैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !