४ जेष्ठ २०८१, शुक्रबार

विश्वकै चर्चित ओस्कार विजेता संगितकार मोरिकनको निधन


एन्नीओ मोरिकन

रोम, २२ असार । विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको छ । चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उहाँ लामो समयदेखि विश्वमै चर्चित हुनुहुन्थ्यो ।

गुणस्तरीय फिल्महरुको निर्माता रहेका उहाँलाई सन् २०१६ मा ओस्कार पुरस्कार प्रदान गरिएको थियो । उहाँले झण्डै ५०० चलचित्रका लागि सङ्गीत सृजना गर्नुभएको थियो ।

कोरिकनको उपचारकै क्रममा अस्पतालमा निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन् । उहाँले जीवनभरी आत्मसम्मानका साथ जीउनु भएको उहाँका सुभेच्छुक तथा उहाँलाई नजिकबाट चिन्नेहरुले बताउने गरेका छन् ।

“उहाँलाई हामीले सधैँ सम्झने छौँ, उहाँ हाम्रो गौरव हो,” इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले भन्नुभयो । उहाँको निधनप्रति देशवासी र विश्वभरीका उहाँका सुभेच्छुक तथा चलचित्रकर्मीहरुले दुःख व्यक्त गर्दै उहाँको योगदान र क्षमताको स्मरण गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !