१५ बैशाख २०८१, शनिबार

लद्दाखमा चिनियाँ र भारतीय सैनिकको भिडन्त : ५ चिनियाँ र ३ भारतीय सैनिकको मृत्यु


लद्दाखमा चिनियाँ र भारतीय सैनिकको भिडन्त

२ असार, काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच सोमबार राति भिडन्त भएको छ । उक्त भिडन्तमा ३ जना भारतीय सैनिकहरु मारिएको भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै बताएका छन् ।

मृत्यु हुनेमा १ जना आर्मी अफिसर र २ जना सिपाहीहरु रहेका छन् । उक्त वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेको उल्लेख छ ।

साथै चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सकी प्रमुख सम्वाददाता वांग वेनवेनले ट्वीट गर्दै ५ जना चिनियाँ सैनिकको मृत्यु हुनुका साथै ११ जना घाइते भएको जानकारी दिएकी छिन् । उक्त भिडन्तको विषयलाई लिएर चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकहरुले सीमा रेखा नाघेर चिनिया सेनामाथि आक्रमण गरेको औपचारिक प्रतिक्रिया दिएको छ ।

दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गरिरहेका छन् । केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ । चीनले भारतलाई तनाव बढ्नेगरी कुनै काम नगर्न चेतावनी पनि दिएको रोयटर्सले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु