१४ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो, आज थपिए कोरोनाका नयाँ ११४ संक्रमित


डा. विकास देवकोटा

१४ जेठ, काठमाडौं । नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ११४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार बिपी कोइराला प्रतिष्ठान धरान, कोशी अस्पताल बिराटनगर, हेटौंडाको प्रयोगशाला, पोखराको प्रादेशिक प्रयोगशाला, काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज ११४ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार झापामा १७ जना, सप्तरीमा ११ जना, मकवानपुर हेटौंडामा १ जना, रौतहटमा ३६ जना, बागलुङमा ६ जना, रुकुममा ३ जना, दाङमा १५ जना, बाँकेमा १६ जना, सिरहामा २ जना र बारामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८६ जना कोरोना संक्रमितहरुमध्ये ७९६ जना पुरुषहरु र ९० जना महिलाहरु छन् ।

मन्त्रालयका अनुसार नेपालमा ४७ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसलाई १८३ जनाले जितेर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना, बाराको १ जना गरी ४ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म १८३ जनाले कोरोनालाई जितेर घर फर्किए

नेपालमा संक्रमितको संख्या ७७२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ९० संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !