१२ बैशाख २०८१, बुधबार

नेपालमा अहिलेसम्म १८३ जनाले कोरोनालाई जितेर घर फर्किए


पर्साबाट थप २१ जना कोरोनालाई जितेर फर्किए घर

१४ जेठ, काठमाडौँ । नेपालमा थप २८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १८३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार पर्साको बिरगंजमा रहेको नारायणी अस्पतालवाट २१ जना कोरोना निको भएर घर फर्किएका छन् । जसमा ५ महिला र १६ जना पुरुष रहेका छन् । साथै कोशी अस्पताल बिराटनगरको आइसोलेसनमा उपचाररत ४ जना पनि कोरोना निको भएर घर फर्किएका छन् । उनीहरु सबै उदयपुरका हुन् । यसैगरी बाँकेका २ जना र बर्दियाका एक जना पनि कोरोना निको भएर घर फर्किएका छन् ।

नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ११४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । ८८६ जना कोरोना संक्रमितहरुमध्ये ७९६ जना पुरुषहरु र ९० जना महिलाहरु छन् । मन्त्रालयका अनुसार नेपालमा ४७ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना, बाराको १ जना गरी ४ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो, आज थपिए कोरोनाका नयाँ ११४ संक्रमित

नेपालमा अहिलेसम्म १५५ जनाले कोरोनालाई जितेर घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !