२२ बैशाख २०८१, शनिबार

निर्वाचन आचारसंहिता पालनामा कडाई गरिनेछ : प्रमुख आयुक्त


असोज २१, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता पालनामा कडाई गर्ने बताएका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरुका लागि समानुपातिक निर्वाचन प्रणालीसम्बन्धि आज काठमाडौंमा गरेको अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचन आचारसंहिता उल्लंघनमा कडाई गर्नका लागि अनुगमन चुस्त पार्ने जानकारी दिए ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी भई रहेको भन्दै उनले निर्वाचन आयोगलाई सहयोग गर्न आग्रह गरे । आचारसंहिता पालना गरेर पनि निर्वाचन आयोगलाई सहयोग गर्न सकिने भन्दै उहाँले सबै राजनीतिक दललाई आफ्नो कर्तव्य बुझेर आचारसंहिता पालना गर्न आग्रह गरे ।

पछिल्लो समयम निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गरेको भन्दै त्यसका लागि जानकारी दिन पनि आग्रह गरे । कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीको कार्यविधि, दलहरुले बन्दसूचि तयार गर्दा पेश गर्दा ध्यान दिनु पर्ने बिषयका बारेमा जानकारी गराईएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !