२२ बैशाख २०८१, शनिबार

नेपाली चलचित्रमा नक्कल गर्ने परिपाटीबाट मुक्त हुन सकेन – निर्देशक सुब्बा


निर्देशक सुब्बा

पुस ७, काठमाडौं । नेपाल वैकल्पिक अध्ययन समाजले आइतबार आयोजना गरिएको ‘नेपाली चलचित्रमा मौलिकताको बहस’मा निर्देशक नवीन सुब्बाले नेपाली चलचित्रमा अझै नक्कल गर्ने परिपाटीबाट मुक्त हुन नसकेको आरोप लगाएका छन् । उक्त बहसको प्रस्तोताका रुपमा रहेका नवीनले नक्कलको प्रबृतिका कारण नेपाली चलचित्रको गुणस्तर समेत बढ्न नसकेकोमा बताए ।

निर्देशक नवीनले बहसमा बोल्दै भने, ‘चलचित्रमा परिवर्तन कही कतै भयो भने त्यो नक्कल गर्ने तरिका मात्र फेरियो । हिजो हिन्दी चलचत्रिबाट मात्रै कपी हुन्थ्यो । अहिले कोरियनदेखि हलिउड लगायत चलचित्रबाट कपि हुन थालेका छन् ।’ निर्देशक नवीनले पछिल्लो समय भात खानालाई मात्र चलचित्र बन्ने समेत गरेको आफुले पाएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !