२२ बैशाख २०८१, शनिबार

सुरक्षाको माग गर्दै जनप्रतिनिधि सदरमुकाममा


Nepalpatra

बझाङ, ६ जेठ । खप्तड छान्ना गाउँपालिका–६ का जनप्रतिनिधिसहित कर्मचारी सुरक्षाको माग गर्दै सदरमुकाम आएका छन् । वडाध्यक्ष तिलकबहादुर खड्का र सचिव दीपक खड्कालगायत जनप्रतिनिधि तथा कर्मचारी आज सदरमुकाम चैनपुर आएका हुन् ।

आइतबार गाउँपालिकाको आयोजनामा वडास्तरीयअन्तर्गतका मावि र निमावि तहबीच पोषण, महीनावारी स्वच्छतासम्बन्धी वक्तृत्वकला कार्यक्रमको शुरुआत गरिरहेका बेला वडा कार्यालय नजीकै घर भएका डबलबहादुर खड्काले शिक्षक र जनप्रतिनिधिलाई गालीगलौच तथा दुव्र्यवहार गरेपछि सुरक्षाको माग गर्दै सदरमुकाम आएका वडाध्यक्षले जानकारी दिनुभयो ।

महिला जनप्रतिनिधि कृष्णा थापाले दुव्र्यवहार गर्ने खड्कासहित छोराहरुले महिलाको समेत गाली बेइज्जती गरेको हुँदा वडा कार्यालयमा आउन जानसमेत डर लाग्ने गरेको बताउनुभयो । पाटादेवलमा खड्का परिवारको बाहुल्यता रहेको र उनीहरुले जहिले पनि पाटादेवलमा धम्की, झैझगडा गरी आफ्नो मातहतमा वडा कार्यालय चलाउनुपर्ने दबाब दिने गरेको समेत जनप्रतिनिधिहरुको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेल गर्दै जनप्रतिनिधिहरुले खड्का परिवारबाट आफूमाथि धेरै अन्याय गरिएको र सहेर बसेको बताएका छन् । दुव्र्यवहारको आरोप लागेका खड्काका छोरा त्रिभुवनले जनप्रतिनिधिले हातपात गरेकाले आफूहरुले प्रतिकार गरेको बताउनुभयो । सहायक प्रजिअ राम सार्कीले यस विषयमा सबैलाई बोलाएर छलफल गरिने जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !