२३ बैशाख २०८१, आइतबार

पुडासैनीको ‘जीवनको आरम्भ’ लोकार्पण


Nepalpatra

काठमाडौँ, १८ वैशाख । नुवाकोट जिलिङका कवि राजकुमार पुडासैनीको पहिलो कृति ‘जीवनको आरम्भ’ आज काठमाडौँमा लोकार्पण गरिएको छ । त्रिमूर्ति वाङ्ग्मय प्रतिष्ठानको आयोजनामा प्राध्यापक डा गोविन्द भट्टराईले आज पुडासैनीको उक्त कविता सङ्ग्रह विमोचन गर्नुभएको हो । कृतिमा समावेश भएका कविता कुनै घटनामा छोएका अनुभूति रहेको उल्लेख गर्दै उहाँले अन्य भूमिमा गैरकानूनीरुपमा बसेको बसाईंपछिको उत्पन्न भएका विषयदेखि समग्र यथार्थ कथा पुस्तकमा सुन्दर ढङ्गले प्रस्तुत भएको बताउनुभयो ।

निबन्धकार कुमारी लामा, प्रा डा कुमार कोइराला र कवि भीष्म उप्रेतीले उक्त कृतिमाथि टिप्पणी गर्दै लामो समय प्रवासमा बसेर नेपाली भाषा र साहित्यको उन्नयनमा लागेका कवि पुडासैनीको कतिवा सङ्ग्रहमा जीवनको भोगाइ प्रतिविन्वित भएको बताउँदै पहिलो प्रयास राम्रो रहेको प्रतिक्रिया दिनुभयो । शब्दालय प्रकाशनद्वारा प्रकाशित उक्त कृतिमा ५८ वटा कतिवा समावेश छ । विदेशमा बस्दाको अनुभवदेखि माया प्रेम, जीवनको अर्थ, बुबाआमाको स्मृतिका पलहरु, मातृभूमि, सुखदुःखका विषयमा लेखिएका कतिवाहरु समावेश छन् ।

कार्यक्रममा लेखक पुडासैनीले जीवन र जगत्का बारेमा बुझ्न थालेदेखि नै आफ्ना अनुभूति शब्दशब्द हुँदै कवितामा परिणत भएको बताउँदै पहिलो प्रयासमा भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !