१४ बैशाख २०८१, शुक्रबार

प्रहरीको नयाँ कार्यालय भवन शिलान्यास


Nepalpatra

२७ फागुन, इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने भएको छ ।

रु छ करोड ७० लाख १३ हजारको लागतमा निर्माण हुन लागेको भवनको प्रदेश नं १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले जिप्रका हाताभित्रै शिलान्यास गर्नुभयो ।

हालको संरचना पुरानो र जीर्ण रहेकाले समेत नयाँ भवन निर्माणका लागि निकै अघिबाट पहल थालिएको थियो । २०७६ माघ २१ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने बताइएको छ ।

कार्यक्रममा प्रहरी प्रमुख रिजालले सत्य सेवा सुरक्षणमको नारालाई आत्मसात् गर्दै कर्तव्य निष्ठ भई इमान्दारिताका साथ कार्यसम्पादनमा जुटेकोे प्रहरी सङ्गठनलाई कोही कसैले बदनाम गराउन खोज्छ भने त्यो सहैय नहुने धारणा राख्नुभयो ।

अर्नाको आक्रमणबाट एक घाइते

सुनसरीको कोशी गाउँपालिका–३ मा आइतबार अर्नाको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रदीप उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो ।

आफ्नै बारीमा तोरी उखेल्ने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षणबाट निस्किएको अर्नाले उराँवलाई आक्रमण गरेको थियो । आरक्षबाट आएको अर्नाको आक्रमणबाट उराँव घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अर्नाको आक्रमणबाट घाइते भएका उराँवको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !