२६ बैशाख २०८१, बुधबार

तिम्ल्याहा बच्चाको उपचारमा समस्या


Myagdi

११ मङ्सिर, म्याग्दी । धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले आफूले जन्माएका तिम्ल्याहा शिशुको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गर्नुभएको छ ।

परियारले सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको थियो । कमलाको स्वास्थ्य अवस्था सामान्य रहे पनि अति सघनकक्षमा राखिएका तीन बच्चाको उपचारका लागि आर्थिक समस्या भएको उहााका श्रीमान् राजु परियारले बताउनुभयो । कमलाले जन्माएका एउटा छोराको तौल साढे तीन किलो, अर्को छोरोको तौल साढे दुई किलो तथा छोरीको तौल ८०० ग्राम रहेको छ ।

तिम्ल्याहा बच्चाको उपचारका लागि टोल सुधार समितिले सोमबार हिलापोखरी, ताकम, शिवाङ र काफलडाँडामा घरदैलो गरी करीब रु ६० हजार जुटाएको समितिका अध्यक्ष राम्जी मल्लले जानकारी दिनुभयो ।

न्यून दृष्टियुक्त व्यक्तिलाई कम्प्युटर

रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित न्यून दृष्टियुक्त स्रोत कक्षाका विद्यार्थीलाई कम्प्युटर प्रदान गरिएको छ । ‘बेल्जियमको डिसएबिलीटी इण्टरनेशनल सोलीडारिटी फाउण्डेशन’ले न्यून दृष्टियुक्त विद्यार्थीले प्रयोग गर्न मिल्ने चार थान कम्प्युटर सहयोग गरेको हो ।

अन्नपूर्ण गाउँपालिका–६ खिवाङ घर भई हाल पोखरा निवासी लक्ष्मी पुनले जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र रघुगङ्गा गाउँपालिकाका उपाध्यक्ष कमला तिलीजाको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक निलकण्ठ सुवेदीलाई ती कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । स्रोत कक्षामा हाल १२ न्यून दृष्टियुक्त बालबालिका अध्ययनरत छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !