२५ बैशाख २०८१, मंगलबार

रिक्त राजदूतमा पदपूर्ति हुँदै


Nepalpatra

२६ कात्तिक, काठमाडौँ । नेपाल सरकारले रिक्त राजदूतमा चाँडै पदपूर्ति गर्ने भएको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले छिमेकी भारतलगायत तीन मुलुकका लागि राजदूत सिफारिश गरेको छ भने अन्य रिक्त राजदूतको पनि चाँडै सिफारिश गरिने परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले जनाएका छन् । सिफारिश भएका नामबारे संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ गर्नेछ ।

मन्त्रिपरिषद्को बैठकले भारतका लागि नेपाली राजदूतमा कानुनविद् तथा बुद्धिजीवी नीलाम्बर आचार्य, मलेसियाका लागि पूर्वराजदूत उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्सका लागि मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिश गर्ने निर्णय गरेको थाहा भएको छ । तीन राजदूत नियुक्तिसँगै अब संयुक्त राष्ट्र सङ्घको स्थायी नियोगका आवासीय प्रनितिधि (राजदूत) को सिफारिश हुन बाँकी छ भने केही समयपछि छ मुलुकका राजदूत पद रिक्त हुनेछन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !