४ जेष्ठ २०८१, शुक्रबार

राउटे बालबालिकालाई भिटामिन


Nepalpatra

१५ कात्तिक, दुल्लु । सरकारले अभियानका रुपमा हरेक वर्ष बालबालिकालाई खुवाउँदै आएको भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि यस वर्ष राउटे समुदायका बालबालिकालाई पनि खुवाइएको छ ।

समुदायका ६ महिनादेखि पाँच वर्षसम्मका ३५ बालबालिकालाई पहिलो पटक भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाइएको हो । सरकारी अभियानको पहिलो दिन बुधबार सोे समुदायले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खानुलाई आफ्नो संस्कृति विपरीत भएको जनाउँदै खान मानेका थिएनन् । उनीहरुलाई उक्त समुदायमा सञ्चालन भएको ‘राउटे परियोजना’ को पहलमा दोस्रो दिन आज भने औषधि खुवाइएको राउटे समुदायको स्वास्थ्य हेरचाहका लागि खटिएका अहेव विनोद बिसीले जानकारी दिनुभयो ।

गुराँस गाउँपालिकाबाट बसाइँ सरेर सुर्खेतको लेकबेंसी नगरपालिका–९ गंँगटेमा बसोबास गरिरहेका राउटे समुदायका बालबालिकाई बस्तीमै औषधि खुवाइएको हो । जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे अहिले आधुनिक उपचार पद्धतिमा विश्वास गर्न थालेका छन् । कुल १४८ जनाको जनसङ्ख्या रहेको राउटे समुदायमा ७४ बालबालिका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !