२१ बैशाख २०८१, शुक्रबार

तेह्रथुम पावर कम्पनीले साधारण शेयर बिक्री गर्ने


Nepalpatra

१६ असोज, काठमाडौँ । तेह्रथुम पावर कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर ९आइपिओ० बिक्री गर्ने भएको छ । जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् चार लाख कित्ता ९रु चार करोड० साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न लागिएको छ ।

यस्तै सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ लाख कित्ता ९रु आठ करोड० शेयर बिक्री गर्न लागेको छ । कम्पनीले सोमबार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआइबिएल एस क्यापिटलका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले आज हस्ताक्षर गर्नुभयो । हाल उक्त कम्पनीको अधिकृत पूँजी रु ४० करोड, जारी पूँजी रु ४० करोड र चुक्ता पूँजी रु २८ करोड रहेको छ । स्थानीय बासिन्दा र सर्वसाधारणमा शेयर बिक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रु ४० करोड पुग्ने कम्पनीका प्रबन्ध सञ्चालक डाँगीले जानकारी दिनुभयो ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाको साविक मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविस हाल मेन्छेयायेम गाउँपालिकामा ७।५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । हालसम्म सो आयोजनाको भौतिक प्रगति करीब ६० प्रतिशत पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७३ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको आयोजनाले २०७६ पुस १ गतेदेखि व्यावसायिक उत्पादन गर्नुपर्नेछ । तर कम्पनीले छ महिनाअगावै अर्थात् आगामी असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनामा माछापुच्छे्र« बैंकको अगुवाइमा नेपाल बङ्गलादेश बैंक, जनता बैंकले क्रमशः रु ४० करोड, ३० र ३० करोड लगानी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !