१४ बैशाख २०८१, शुक्रबार

भारतीय पक्षले एकतर्फी बाँध बनाएपछि दशगजामा झडप


tilachhe

काठमाडौं, १३ साउन — भारतीय पक्षले एकतर्फी रूपमा बाँध बनाउन शुरु गरेपछि सप्तरीको तिलाठी गाविसमा बिहीवार तनाव बढेको छ । गत शनिवार नै भारतीय पक्षले नेपाल हुँदै बग्ने खाँडो नदी छेक्नेगरी बाँध बनाउन शुरु गरेको थियो । तर सप्तरी प्रशासनको अवरोधका कारण स्थगित काम भारतीय पक्षले बिहीवारबाट शुरु गरेलगत्तै स्थानीय बासिन्दाले विरोध गरेका हुन् ।

नेपालका आधा दर्जन गाविसहरु डुबानमा पर्ने भन्दै स्थानीय बासिन्दाले बिहीवार बिहानैदेखि उक्त कदमको विरोध गरिरहेका छन् । खाँडो नदीमा आएको बाढीले गत शनिवार सप्तरी दक्षिणका तिलाठी, रम्पुरा लगायतका गाविस डुबेका थिए ।

उक्त बाढीले भारतले यसअघि बनाएको विवादास्पद बाँध समेतमा क्षति पु—याएको थियो । दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षाबल सहितको टोलीले बाँध बनाउन शुरु गरेका हो । त्यसको प्रतिकारमा उत्रिएका स्थानीयहरूसँग भारतीय पक्षको झडप भएको हो ।

प्राप्त समाचार अनुसार उक्त बाँध नबनाउने सम्झौता यसअघि नै भएको थियो तर भारतीय पक्षले एकपक्षीय रूपमा बाँध बनाएको नेपाली पक्षले आरोप लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !