२१ बैशाख २०८१, शुक्रबार

महिला हिंसालाई निरुत्साहित गन जनमत सिर्जना गर्नुपर्ने


Nepalpatra

७ असोज, हेटौँडा । महिला हिंसाका घटनालाई न्यूनीकरण गर्न पत्रकारिताका माध्यमबाट राज्यलाई घच्घच््याउनुका साथै महिलाप्रतिको सकारात्मक सोचाइका लागि कलम चलाउनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय महिला आयोगले आज हेटौँडामा आयोजना गरेको वर्तमान सन्दर्भमा राष्ट्रिय महिला आयोगको भूमिका सम्बन्धमा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले महिला हिंसाका घटनालाई निरुत्साहित गर्न पत्रकारले जनमत सिर्जना गर्नु आवश्यक रहेकोे बताउनुभयो ।

सो अवसरमा आयोगका सचिव अनिलकुमार ठाकुरले संविधानअनुसार महिला आयोग गठनपछि आफ्नो क्रियाकलाप अघि बढाउने क्रममा महिला हिंसामा न्याय दिलाउन राज्यलाई निर्देशन गर्ने, महिला सशक्तीकरणका लागि आर्थिकरूपमा सबल बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईंले महिलाहिंसाविरुद्ध राज्यले ठोस कदम चाल्नुपर्ने बताउँँदै महिला सशक्तीकरणका लागि आयोगले प्रभावकारी कदम चाल्नुपर्दछ भन्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !