२१ बैशाख २०८१, शुक्रबार

निर्मलाको हत्याको विरोधमा दबाब र्‍याली सम्पन्न


ryali

४ असोज, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घोराही नगर इकाईको आयोजनामा निर्मला पन्तको न्यायका लागि तथा देशभर बढेको महिला हिंसा विरुद्ध दबाब र्‍याली सम्पन्न भएको छ ।

उक्त र्‍यालीका नाराहरु बलात्कारी सावधान – जागेका छन नाैजवान, बलात्कार देशमा बढ्दैछ – सरकारकाे आयु घट्दै छ लगाएत नाराहरु लगाउँदै हत्यारालाई छिटोभन्दा भन्दा पक्राउ गर्न र महिला हिंसा विरुद्ध दवाव दिन बजार परिक्रमा गरेका थिए ।

र्याली शान्ति सुधा स्कुलबाट सुरु भई अदालत, शहिदगेट, विपि चाेक, बुद्ध हस्पिटल, निमाहल राेड, साहि मन्दिर बैंकराेड, दामोदर चाेक हुँदै तुल्सिपुर चाेकमा काेण सभा गरि समापन गरिएको आयोजकले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !