१४ बैशाख २०८१, शुक्रबार

सप्तकोसीमा बाढीले खतराको विन्दु क्रस गर्दा पनि भारतले सबै ढोका खोल्न मानेन


saptakoshi

इटहरीः निरन्तरको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । पूर्वी पाहाडि जिल्लाहरुमा लगातार बर्षा नरोकिएपछि सप्तकोसीमा पानीको बहाव यो बर्षकै उच्च भएको हो ।

मंगलबार बिहान १० बजे सप्तकोसीमा गरिएको पानीको बहाब मापन गर्दा प्रतिसेकेण्ड २ लाख ६४ हजार ७ सय क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए । पानीको बहाव बढेपछि कोसी व्यारेजका ५६ ढोका मध्य ३५ ढोका खुल्ला गरिएको छ । सामान्यतथा सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्यसेक पानीको बहाव नाघेपछी खतरा मानिन्छ।

सप्तकोसीमा पानीको बहाव उच्च हुदा समेत भारत सरकारले कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी गरेको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछी कोसी व्यारेजको दुबै तर्फ खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । भारतले कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कासी प्रभावित षेत्र सुनसरी, सप्तरी र उदयपुरका सर्बसाधारण आत्तकित बनेका छन् ।

भारत सरकारको नियन्त्रणमा रहेको कोसी व्यारेजमा पानीको बहाव उच्च हुदा समेत कोसी व्यारेजका सबै ढोका नखोलिएपछी सुनसरीका महेन्द्रनगर, प्रकासपुर, मधुवन, श्रीपुर , हरिपुर लगायतका सर्बसाधारण आतंीकत भएको कोसी पिडित सर्घष समितिका सचिव बाबुराम कार्कीले बताए । उनले साउन र भदौ महिनामा कोसी व्यारेजका सबै ढोका खोल्नु पर्ने माग गरेका छन् ।

२०६५ साल भदौ २ गते सप्तकोसीको पूर्वी तटबन्ध भत्काएर कटान गर्दा कोसीमा पानीको बहाव प्रति सकेण्ड एक लाख ६८ हजार क्युसेक थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु