१४ बैशाख २०८१, शुक्रबार

काठमाडौंमा बाढी पस्दा बागमति किनारका बस्ती डुबानमा (तस्वीर सहित)


flood in ktm

काठमाडौं,११ साउन– सोमबार रातिदेखि लगातार बर्षा भएपछि राजधानीका धेरै ठाउँ जलमग्न भएको छ । लगातारको बर्षाले बागमतिको सतह बढेर वरिपरिका सुकुम्वासी बस्तीहरू डुबानमा परेका छन् ।

बागमति किनार वरिपरिका बाटो जलमग्न भएर यातायात अवरुद्ध बनेका छन् । बल्खुस्थित सुकुम्बासी बस्तीमा पानी पसेपछि त्यहाँ बस्ने सबैजना बल्खुनजिकैको सुरक्षित स्थानमा बसिरहेका छन्् ।

बागमतिको सतह बढेर बस्तीभित्र पानी छिरेपछि सबैजना आत्तिएर आ–आफ्ना सामानहरू बोकेर बल्खुको सडक नजिकै जम्मा भएका थिए । प्राधिकरणले त्यहाँको विद्युत लाईन काटेको छ ।

बल्खुमा सुकुम्बासी बस्तीमा बस्ने सुमित्रा केसी कोठामा पानी पसेको थाहापाएपछि राति दुईबजे उठेर आफ्ना साना बालक बोकेर बल्खुको सडकमा आएको बताईन् ।

अत्याधिक पानीको बहावका कारण बल्खु किनारस्थित साझा पेट्रोल पम्पका जमिनमा रहेको पेट्रोल सिलिण्डर समेत जमिन बाहिर ल्याई पु–याएको छ । पेट्रोल भण्डारण रहेको सिलिण्डरबाट पेट्रोल चुहिएर पानीमा मिसिएको छ । त्यसले गर्दा वरिपरिका बस्तीमा आगो सल्किने डर पनि बढेको छ ।

पानी कोठा भित्र छिरेपछि बच्चाहरू बोकेर बल्खु सडकमा पार्किङमा रहेको बसमा आफ्ना बच्चाहरू सहित रात काटेको राजकुमार केसीले बताए । कोही आफ्ना सबै सामानहरू बोकेर बाहिर सडकतिर बस्दै आएका छन् ।

flood in bagmati river

flood in bagmati

flood in kathmandu

flood in bagmati kathmandu

flood in bagmati ktm

bagmati flood

bagmati flood


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !