२२ बैशाख २०८१, शनिबार

११ दिनपछि केसीसँग वार्ता गर्न सरकारले समिति बनायो


Dr. Govinda K.C.

सरकारले अनसनरत ११ दिनदेखि शिक्षण अस्पतालमा अनसनरत डा.गोविन्द केसीसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति बनाएको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा, स्वास्थ्य र मन्त्रिपरिषद कार्यालयका सचिव रहेको समिति बनाएको हो।

विभिन्न आयोगका सिफारिसलाई ध्यानमा राखेर यसअघि सरकार र डा केसीबीच भएका सहमति कार्यान्वयन सुरु गरिसकिएको सूचना तथा सञ्चार मन्त्री शेरधन राईले बताए। मन्त्रिपरिषद् बैठकले पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश, २०६९ खारेज गर्ने निर्णयसमेत गरेको छ । सोबमोजिम विभिन्न कम्पनीका नाममा जारी भएका इजाजतपत्र खारेज गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै सरकारले स्थानीय शान्ति समितिको म्याद यही साउन १ गतेदेखि लागू हुनेगरी एक वर्षका लागि थप गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !