११ जेष्ठ २०८१, शुक्रबार

पशुमा खोरेत फैलियो


khoret

१० भदौ, इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा पशुमा खोरेत रोग फैलिएको छ ।

खोरेत रोग देखा परेपछि किसानमा पशु मर्ने त्रास बढेको छ । गाईमा सबैभन्दा बढी खोरेत देखिएको छ । दुई सयभन्दा बढी पशु चौपाया बिरामी परेको इटहरी–५ का बाबु घिमिरेले बताउनुभयो । पशु प्राविधिकलाई जाँचका लागि बोलाएपनि रोग नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो । रोग फैलिदै गएपछि किसान चिन्तत बनेका छन् ।

गाईवस्तुले घाँस नखाने र मुखबाट ¥याल काढ्ने गरेका छन् । रोगबारे जानकरी गराउँदा पनि पशु प्राविधिकले ध्यान नदिएको किसानको गुनासो छ । रोग लागेपछि गाईले दूध दिन छोडेको इटहरी हलगडाका लाल चौधरीले बताउनुभयो । किसान आफैले पशुको उपचार गरिरहेका छन् ।

इटहरी उपमहानगरपालिकाका पशु प्राविधिक राजेशप्रसाद पौडेलले खोरेत रोगको सङ्क्रमणबारे किसानको गुनासो नआएको बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !