२५ बैशाख २०८१, मंगलबार

राससको भूमिका बारे छलफल


jhapatsing mohara

३० साउन, धनगढी । प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री र राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्षबीच बदलिँदो परिवेशमा राससको भूमिकालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

मङ्गलबार साँझ आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराको धनगढीस्थित निवासमा भएको छलफलका क्रममा मंत्री बोहराले राससले चाहेको अपेक्षा र प्रदेश सरकारले गर्नुपर्ने सहयोगका विषयमा प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।

मन्त्री बोहराले प्रदेश सरकारले नयाँ ‘मिडिया’ खोल्नेभन्दा पनि सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सोच बनाएको बताउनुभयो ।

राससका अध्यक्ष हरिहर अधिकारी‘श्यामल’ले सङ्घ, प्रदेश, स्थानीय सरकार र जनतालाई जोड्ने गरी राससले समाचारको सेवा प्रवाह गरिहेको उल्लेख गर्नुहुँदै सरकारबाट नीतिगत र वित्तीय सहयोगको अपेक्षा राससले गरेको बताउनुभयो । श्यामलले सरकारका नीति र कार्यक्रमसम्बन्धी समाचारलाई राससले प्राथमिकता दिएको पनि स्पष्ट पार्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !