२५ बैशाख २०८१, मंगलबार

हराएको मोटरसाइकल सम्बन्धित फेला पारेर धनीलाई जिम्मा


bike

२२ असार, काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट हराएको ३३ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा न्युरोड, क्षेत्रपाटी, कोटेश्वर, ठमेल, पाटन, पुतलीसडक, थानकोट, नयाँबसपार्क, महाराजगञ्ज, कालीमाटीलगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारेर आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले उपत्यकाबाट विभिन्न समयमा हराएका मोटरसाइकल निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिनुभयो । “उपत्यकामा दैनिक दर्जनौँ दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन हराउने गरेका छन्, मानिसको लापरवाहीका कारण धेरै सवारी साधन हराउने गरेका हुन्”, उहाँले भन्नुभयो ।

विसं २०६६ पुस २६ गते भीमसेनगोलाबाट मे५प २९०२ नंको असिम प्रसाईंको मोटरसाइकलसमेत फेला पारेर आज सम्बन्धित धनीलाई बुझाइयो ।

फेला परेको सवारी साधनमा शंकर वराही, निमेश अर्याल, दीपेन्द्र बसौला, अनुप रौनियार, हस्तबहादुर तामाङ, सोनाम पाल्देन लामा, सुरेश तामाङ, राजकुमार थापा, गान्धी शाह, राजन ढकाल, योगेन्द्र चन्द, राम पाण्डे, कमला लामा, भीमराज राई, किरण पराजुली, राजकुमार चौधरीको मोटरसाइकल तथा स्कुटर रहेका छन् ।

यस्तै वेदराज अर्याल, पवित्र नेपाल, रवीन खत्री, मनमोहन ढुंगाना, ताराप्रसाद अर्याल, सञ्जीव कार्की, टेकनाथ सुवेदी, विष्णु श्रेष्ठ, अनन्तराज घिमिरे, विपिन महर्जन, राहुल गोयल, ज्ञानकृष्ण बोडे, रामकुमार गिरी, निमिता श्रेष्ठ, उपेन्द्रगोपाल झा र रमेश सेन्चुरीको मोटरसाइकल तथा स्कुटरसमेत फेला पारेको छ ।

महाशाखाका प्रवक्ता मैनालीले धेरै व्यस्त हुने ठाउँबाट सवारी साधन हराउने गरेको भन्दै पार्किङ गर्दा धेरै चनाखो हुनुपर्र्ने बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !