१४ जेष्ठ २०८१, सोमबार

गुन्डा नाइके ‘जसवन्त’ भनिने पुर्ण राई पक्राऊ :- प्रहरीद्दारा दुई राउण्ड गोली प्रहार


gun firing

९ असार, काठमाडौं । प्रहरीले ‘गुण्डा नाइके’ जसवन्त  भन्ने पूर्ण राईलाई गोली हानेर पक्राउ गरेको छ ।
महानगरीय प्रहरीको अपराध महाशाखाले उनलाई बिहीबार दिउँसो विजुलीबजारबाट पक्राउ गरेको हो ।

पक्राउ गर्ने क्रममा प्रहरीमाथि उनले रडले आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

उनको खुट्टामा दुई राउण्ड गोली लागेको छ । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

राईविरुद्ध कालिमाटी, कलंकी क्षेत्रका होटल रेष्टुँराहरुमा धम्क्याएर रकम उठाउने गरेको भन्दै उजुरी परेको महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए ।

चार दिन अघि उनले हप्ता नदिएको भन्दै कालीमाटी आसपासका तीन जनालाई कुटपिट गरेका थिए । उनी यसअघि पनि ज्यान मुद्दा र सार्बजनिक अपराधका मुद्दामा सजायँ पाइसकेका व्यक्ति रहेको बताइएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !