२२ बैशाख २०८१, शनिबार

शिक्षाको व्यापारीकरणविरुद्ध हिंसात्मक आन्दोलनमा जाने संयुक्त विद्यार्थी संगठनको चेतावनी


meeting

१० असार, काठमाडौं । सार्वजनिकतथानिजीशिक्षामाभएको व्यापारीकरण र माफियाकरणको विरुद्ध विभिन्नआठ विद्यार्थी संगठनले आवश्यक परे हिंसात्मकआन्दोलनमाजाने समेत चेतावनीदिएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै संयुक्तविद्यार्थी संगठनले शिक्षामाभएको विकृतितथाविसंगतिविरुद्ध आफूहरु पहिलो चरणको आन्दोलन समाप्तगरि दोस्रो चरणको आन्दोलनमालागेको जानकारी दिएको छ ।

अखिल (क्रान्तीकारी) काअध्यक्षचिरन्जीबी ढकालले देशको कुलशिक्षा क्षेत्रको ८० प्रतिशतभार बोकेको सार्वजनिकशिक्षामा घोटाला भएको गम्भिर आरोप लगाए ।उनले भने,‘कम्युनिष्ट सरकारले शिक्षामा स्तरोन्नतीगर्न चालेकासबै कदमहरु अनावश्यक र झुठा हुन्, शिक्षामा देखिएको यीविकृतिहरु जबसम्म रोकिँदैनन्,तबसम्महामीआन्दोलनमारहिरन्छौं ।’

त्यसैगरि कार्यक्रममाबोल्दै राजपानिकटविद्यार्थी संगठनका अध्यक्षमनिषमिश्रले शिक्षामाशुल्क वृद्धि, मूल्य वृद्धि लगायतका समस्याको न्यूनिकरण गर्न विद्यार्थी संगठन सधंै लागिरहेको बताए ।

उनले भने,‘शिक्षामाव्यापार गर्ने नेताहरु लगायतकामूख्य शैक्षिक सिन्डीकेटधारीहरुको सम्पति छानबिन हुनुपर्छ । यस विषयमाअभिभावक,विद्यार्थी, सरकार सबै सजग रहनुपर्छ ।’शिक्षा क्षेत्रकाविकृति हटाउन गरिएको आफूहरुको आन्दोलनचाहानानभएर बाध्यताभएको उनले स्पष्ट पारे ।

कार्यक्रममा अनेरास्ववियू (पाँचौं) काअध्यक्ष घनश्याम मिश्रले सरकारले आफ्नो संगठनले उठाएको माग सम्बोधननगरे सडकमा उत्रिने कडा चेतावनीदिए। उनले भने,‘सरकारले १ देखि ८ कक्षालाई अनिवार्य निःशुल्कशिक्षा र ८ देखि १२ सम्मनिःशुल्कशिक्षानीतिभनेको छ, यो कार्यान्वयनमालागु होस्, शिक्षा ऐन निर्देशिकाकार्यान्वयनको दिशामालागियोस् ।’

त्यसैगरि राष्ट्रवादी विद्यार्थी संघका अध्यक्षताराप्रसादअर्याल, अनेरास्ववियू (क्रान्तीकारी)का सचिव पेशलदाहाल, नयाँशक्तिविद्यार्थी यूनियनकाअध्यक्षश्यामबाबु गौतम लगायतविद्यार्थी नेताहरुलेनिजी स्कुलतथा सार्वजनिकशिक्षामा देखिएको व्यापारिकरण र माफियाकरणकोविरुद्ध आ–आफ्नाधारणा राखेकाथिए ।

संगठनले प्रेस विज्ञप्तीमार्फत विभिन्न ९ बुँदे मागहरु समेत अघि सारेको छ । उसले अघि सारेकामागहरुमाशिक्षामन्त्रालयले अहिले ‘आँफै बोक्सी आँफै धामी’गरि केही सत्तापक्षीय अमुक संगठनलाई सामेल गराएर बनाएको अनुगमन समिति समितिखारेज गर्नुपर्ने, विश्वविद्यालयमाहुँदै आएको दलीय भागबण्डा अन्त्यगरि खुल्लाप्रतिष्पर्धाकाआधारमानियुक्तीगर्ने व्यवस्थागर्नुपर्ने, चिकित्साशास्त्रअध्ययन सम्बन्धीजाँचबुझआयोगको प्रतिवेदनकार्यान्वयनगर्नुपर्ने, नवौं शिक्षा संशोधन ऐन खारेज गर्नुपर्ने, गौतम बुद्ध भारतमाजन्मिएको भनेर अध्यापन गराउने र भारतको राष्ट्रिय गानसिकाउने सिबिएसई बोर्डका शैक्षिकविकृतिबन्दगर्ने, कुल बजेटको कम्तिमा २० प्रतिशतशिक्षामालगानीगर्नुपर्ने, निजी स्कूल र कलेजमागरिएको चर्को शुल्क वृद्धि खारेज गरि शिक्षामाभएको व्यापारीकरण र माफियाकरणको अन्त्यगर्नुपर्ने लगायत रहेका छन् ।

त्यसैगरि संयुक्तविद्यार्थी संगठनले सरकारसमक्षआफुहरुले राखेकाविभिन्नमागहरु पूरा नगरे चरणवद्ध आन्दोलनमाउत्रिने चेतावनी समेत दिएको छ । उसले दिएको चेतावनीअनुसार यहीअसार ११ गतेदेखि असार १६ गतेसम्मप्रचारप्रसार, प्रधानमन्त्रीलगायतमन्त्रीतथा पार्टी नेताहरुसँग अपिल, छलफल तथा भेटघाट गर्ने, असार १७गते प्रदर्शनीमार्गमा सडक कक्षा सञ्चालनगर्ने, असार १८ गते माईतीघर मण्डला र देशकाविभिन्नजिल्ला सदरमुकाममाआँखामाकालो पट्टीबाँधी सिठ्ठी जुलुस निकाल्ने, असार १९ गते मसालजुलुस निकाल्ने र असार २०, २१ र २२ गते देशैभरि शैक्षिक हड्तालगर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !