२० बैशाख २०८१, बिहिबार

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा


उदयपुर सिमेन्ट

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार काठमाडौंस्थित विशेष अदालतमा महाप्रबन्धकसहित ८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालीन का.मु. उपनिर्देशक पवनकुमार लालकर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरूद्ध मुद्दा दायर गरेको हो ।

उद्योगको लागि भिएफडी खरिद गर्दा बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामाग्री खरिद गरेको अनुसन्धानबाट खुलेको छ ।

खरिद गरिएको सामग्रीमध्ये १६० किलोवाट भिएफडी प्यानल (पार्ट-ए) उद्योगले प्राप्त गरेको ५ वर्षभन्दा बढी समयसम्म परीक्षण नगरिएको अख्तियारले जनाएको छ। उनीहरुलाई २२ लाख ७८ हजार ३०५ रूपैयाँ ६० पैसा बिगो दाबी गरीआज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !