२४ बैशाख २०८१, सोमबार

वीरगन्जमा मोटरसाइकल दुर्घटना : एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु


दुर्घटना

वीरगन्ज । वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । वीरगन्जमा मोटरसाइकल दुर्घटना हुँदा वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत २ जना विद्यार्थीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतक दुवैजना वीरगन्जको एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए । प्रहरीका अनुसार मृत्यु हुनेहरूमा धनुषा ५ का सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादव रहेका छन् ।

वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको मोटरसाइकल दुर्घटनामा २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ । मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको पर्सा प्रहरी स्रोतले जनाएको छ ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । बिहान स्थानीयले दुर्घटनापछि प्रहरीलाई खबर गरेलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !