१८ बैशाख २०८१, मंगलबार

गौशाला २६ को तस्वीर सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ


शिक्षक पक्राउ

काठमाडौं । प्रहरीले गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गौशाला २६ को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले संखुवासभाका एक युवा केशरमान राईलाई पक्राउ गरेको जनाएको छ ।

राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको छ । यसअघि गौशाला २६ ले आफ्नो तस्बिर सार्वजनिक गर्नेलाई कानूनी कारबाहीको माग गर्दै जाहेरी दिएकी थिइन् ।

पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको उनले बताए । गौशालाको इन्स्टाग्राम एकाउन्टबाट उनका पुराना तस्बिर कसैले पोस्ट गरेपछि भाइरल भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !