२२ बैशाख २०८१, शनिबार

जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२ जना पुग्यो


जाजरकोट भूकम्प

काठमाडौं । गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको संख्या ९२ जना पुगेको छ । आठ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

अहिलेसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको र यो संख्या थप बढ्नसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार ५५ जना घाइते भएका छन् ।

भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षति पुर्‍याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ ।

जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !