२५ बैशाख २०८१, मंगलबार

इटहरीमा बृहत् अन्तक्र्रिया कार्यक्रम


Nepalpatra

२४ जेठ, इटहरी । इटहरी उद्योग वाणिज्य संघले आज नयाँ बृहत् अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ कर अवधारणा तथा सरकारको बजेट नीति तथा कार्यक्रमले अवलम्बन गरेको परिवर्तित व्यवस्थाका विषयमा सम्पूर्ण उद्योगी व्यवसायी करदातालाई जानकारी गराउने उद्देश्यले सो अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा भवितव्य र प्राकृतिक विपद्मा परेका, व्यापार कारोवार गर्दा नोक्सान बेहोरेकालाई भ्याट छुट गर्ने व्यवस्था भएको वा नभएका विषयमा व्यापारी एवं उद्योगीले जिज्ञासा राखेका थिए । उनीहरुले त्यस्तो विपद्मा परेकालाई भ्याट छुटको व्यवस्था गर्न माग गरेका छन् ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय सुनसरीका प्रमुख कर अधिकृत देवनारायण पौडेल र कर अधिकृत नेत्र घिमिरेले वर्तमान सरकारले ल्याएको करसम्बन्धी व्यवस्था र बजेट नीति तथा कार्यक्रमले तर्जुमा गरेका कार्यक्रमका विषयमा सम्पूर्ण उद्योगी व्यवसायीलाई जानकारी गराउनुभयो ।

उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष सैलेश विष्टले व्यापारिक सुरक्षा र करका विषयमा संघले राज्यद्वारा अघि सारेको नीतिको परिधिभित्र रहेर तिर्न तयार रहेको र राज्यले पनि विपद्मा परेका उद्योगी व्यापारीप्रति सहानुभूति राख्न जरुरी रहेको बताउनुभयो ।

अडिटर्स एशोसिएसन सुनसरीका अध्यक्ष शान्तिराम खनाल, उद्योग वाणिज्य संघ इटहरीका महासचिव टंक खनाल, सल्लाहकार ईश्वर भट्टराई, उद्योगी बजरङ्गलाल अग्रवाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !