२२ बैशाख २०८१, शनिबार

रसुवामा ट्रक दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, ५ जना घाइते


रसुवामा ट्रक दुर्घटना

रसुवा । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२ नेशिङ खोलामा हिजो साँझ मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो ।

नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । घाइतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल पु¥याउन एम्बुलेन्स दुर्घटनास्थलतर्फ पठाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !